हात्तीको आक्रमणबाट इलाम देउमाई नगरपालिका एक सहित दुई घाइते


झापा, ४ चैत । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खाती गम्भीर घाइते छन् ।

उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment