६ हजार १५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण गर्दा मुलुकमा ९ सय जना संक्रमित थपिए

काठमाडौं । मुलुकमा थप ९ सय जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १५८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ९ सय जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५ सय ३७ जनामा आरटी–पीसीआर परीक्षण गर्दा ८ सय ३६ जना र ६२१ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ८ संक्रमित निको भए, २ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।

File Photo

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार १५८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ३५ हजार ०८४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment