हावाहुरीसँगै चट्याङ लागेर ४ जनाकाे मृत्यु


काठमाडाैँ । चट्याङ लागेर देशका विभिन्न जिल्लामा चार जनाको ज्यान गएको छ ।

बिहीबार साँझ हावाहुरीसहित चट्याङ पर्दा बाग्लुङ, स्याङ्जा, भोजपुर र तेह्रथुममा गरी चार जनाको ज्यान गएको हो । बिहीबार बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर ज्यान गएको छ ।

त्यस्तै तेह्रथुमको, छथर गाउँपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्यान गएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment