देउकुमारको स्मृतिमा कन्याममा फुटबल

  • गोपाल गिरी


बैसाख ३, कन्याम ।सुर्योदय नगरपालिका वडा नम्बर ६बाट निर्वाचित वडा सदस्य स्वर्गिय देउकुमार राईको स्मृतिमा नव निर्मित डुडे गैरा खेल मैदानमा शनिबारदेखि आयोजना हुन गईरहेको देउकुमार राई स्मृति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले  जानकारी दिएको छ। 

प्रतियोगिता आयोजक समितिका सचिव छवि तिवारीले दिएको जानकारी अनुसार  जम्मा २८टिमको सहभागीता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल युवा ज्योति क्लव रोङ र  सयपत्री एफ सि झापा ५ बीच हुनेछ ।

फुटबल प्रतियोगिता अवधिभर विभिन्न प्रकारका स्टलहरु समेत राखिने बताईएको छ। आगामी २०गते सम्म जारी रहने यश प्रतियोगितामा करिव दश हजार खेल प्रेमी दर्शकलाई उतार्ने लक्ष रहेको सचिव तिवारीले बताए।

प्रतियोगितामा पहिलो हुने टिमलाई १लाख नगद,  दोस्रो हुनेलाई ५०हजार नगद पुरस्कार रहेको समिति सदस्य सौरभ आचार्यले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र, उत्कृष्ट डिफेन्डर लगायतलाई समेत पुरस्कृत गरिने बताएको छ ।

मचि राजमार्गको काख तथा कन्याम चिया बगानको मुटुमै अवस्थित डडे गैरा खेल मैदानको स्तर उन्नति गरि नयाँ संरचनामा ढालिए पश्चात् स्व. वडा सदस्य देउकुमार राईको स्मृतिमा हुन गइरहेको यो नै पहिलो खेल प्रतियोगिता रहेको छ । गत स्थानीय निर्वाचन मा ६नम्बरबाट निर्वाचित वडा सदस्य देउकुमार राईको गत कार्तिक १७गते असामयिक निधन भएको थियोे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment