कोरोनाले एकै परिवारका तीन दाजुभाइको मृत्यु

 बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन्।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एक–एक दिनको अन्तरालमा मृत्यु भएको हो। जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो।

आज शुक्रबार विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए। सात दाजुभाइ मध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन्।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीबार र इम्तियाजको आज मृत्यु भएको हो। एउटै परिवारको तीन दाजुभाइको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए।

बिहीबार राति मात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो। हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकसय ६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका एकसय ३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment