कोरोना कहरः इलाममा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११६ पुग्यो


इलाम, २२ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १५ जनामा कोरोना संक्रमण भएको छ । 

इलाम नगरपालिकामा ५ महिला र ८ पुरुष गरेर १३ जनामा संक्रमण भएको छ । देउमाई नगरपालिका र रोङ गाउँपालिकामा १÷१ जना महिला संक्रमित भएका छन् । 

इलाममा हाल सम्म ११६ सय जनामा कोरोना सक्रमण भएको छ भने ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना र इलाम नगरपालिकाका २ जना रहेका छन् । 

अहिले सम्म इलामको इलाम नगरपालिकामा सवै भन्दा वढी ३२ महिला र ४० पुरुष गरी ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सूर्योदय नगरपालिकामा १ महिला र ४ पुरुष गरी ५ जना, देउमाइ नगरपालिकामा एक महिला ३ जना पुरुष गरि ४ जना, माइ नगरपालिकामा ४ जना पुरुष, माइजोगमाई गाउँपालिकामा एक जना महिला एक जना पुरुष गरी २ जना, रोङ गाउँपालिकामा ९ जना महिला र ११ जना पुरुष गरी २० जना, चुलाचुली गाउँपालिकामा दुई जना महिला र ५ जना पुरुष गरी ७ जना, फाकफोकथुम गाउ्रँपालिकामा एक जना महिला र एक जना पुरुष गरी २ जनामा संक्रमण पुष्टी भएको छ । 

इलामका दुईवटा गाउँपालिका माङसेवुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा भने अहिले सम्म कोरोनाको कहरबाट सुरक्षित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment