प्रदेश १ मा ७९१ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या ३५ हजार ९२० पुग्यो



विराटनगर । प्रदेश १ मा विहीबार ७ सय ९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३ थपिएका छन् । मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनवर्षी र स्थानीय–तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२ जनामा कोरोना देखिएको छ ।

यता, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१, संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १–१, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमितमध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ ।

प्रदेश १ मा विहीबार १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment