कोरोना संक्रमणबाट झापामा वडाध्यक्षको मृत्यु


झापा । कोरोना संक्रमणका कारण झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेको मृत्यु भएको छ । गम्भीर अवस्थामा उपचाररत वडाध्यक्ष मेचेको आज ११:३० बजे मृत्यु भएको हो ।

वडाध्यक्ष मेचे बिर्तामोडस्थीत बिर्तासिटि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । उनको उपचारको क्रममा नै मृत्यु भएको मेचीनगर वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए हो ।

वडाध्यक्ष मेचे दुई हप्ता अघिदेखि कोरोना संक्रमित भई केही दिन घरमै होम आइसाेलेसनमा बसेका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बिर्तासिटि लगिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment