
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २२ हजार ९३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२२ हजार ३०६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ३८७ र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ३६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४०४ संक्रमित निको भए, १६९ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४०४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ४०४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय १४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ९३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २९ लाख ५८ हजार ६२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
0 comments:
Post a Comment