झापामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टी


झापा । पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै झापामा आजसम्म कुल संक्रमितको संख्या ९ हजार ३०६ पुगेको छ ।

आज संक्रमितमध्ये पीसीआर विधि परीक्षणबाट १२४ र एन्टिजेनतर्फ ४६ जना रहेका छन् । आज सबैभन्दा बढी संक्रमित बुद्धशान्ति गाउँपालिकामा १७ महिलासहित ४६ जना रहेका छन् ।

त्यस्तै बिर्तामोडमा १३ महिलासहित २६ जना, मेचीनगरमा १ महिलासहित १५ जना, अर्जुनधारामा ३ महिलासहित १२ जना, कनकाईमा ४ महिलासहित १२ जना गौरादहमा ६ महिलासहित १२ जनामा संक्रमण पुष्टी भएको छ ।

यसैगरी, कचनकवलमा ४ महिलासहित १३ जना, भद्रपुरमा ५ महिलासहित १० जना, शिवसताक्षीमा ५ महिलासहित ८ जना, झापामा २ महिलासहित ७ जना, कमलमा २ महिला, बाह्रदशीमा १ महिलासहित ३ जना, हल्दिबारीमा १ महिला, दमकमा २ महिला र ठेगाना नखुलेकी एक महिलामा पनि संक्रमण भएको छ ।

झापामा निको भएर घर फर्किनेको संख्या ५ हजार ३५६ पुगेको छ । सोमबार ८१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष छन् ।

जसमा मेचीनगर ५ का ४२ वर्षीय, पुरुषको बिर्ता सिटीमा, मेचीनगर ११ की ३१ वर्षीया महिलाको मेची कोभिड अस्पतालमा, बिर्तामोड ८ का ८५ वर्षीय बृद्धको होम आइशोलेसनमा र भद्रपुर ४ का ५१ वर्षीय पुरुषको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment