मुगुमा एकैसाथ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो


मुगु । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारमा साझँपख नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सोमवार साझ ६ बजे तर एकै साथ राँके जुलुस प्रदर्शन गरी प्रधान मन्त्री र राष्टपतिको पुल्ता जलाएका छन् ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको संसद् विघटनको कदमलाई असंवैधानिक, भन्दै नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमाप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला मुगुको सदरमुकाम गमगढी बिच बजारमा रहेको कृष्ण चोकमा नाराबाजीका साथ पुत्ला जलाएका हुन् ।

संविधानलाई आफ्नो पेवा सम्झेर मनलाग्दी गरेको र असंवैधानिकतवरले दोश्रो संसद विघटन गरेको भन्दै त्यसको विरोध स्वरूप राँके जुलुस प्रदर्शन गरि प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो । योकदम नसचिएसम्म दिनप्रति दिन कडा अन्दोलन गरीने निवर्तमान नेविसंघका केन्द्रिय सदस्य प्रकाश कुमार शाहीले बताए छन ।

शाहीका अनुसार अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य नवराज कार्कीको नेतृत्वमा सदरमुकाम स्थित चन्दननाथ होटल बाट सुरु गरेर
कृष्ण चोकमा कोण सभा गरि राँके जुलुस प्रदर्शन गरिएकाे थियाे ।

त्यस्तैगरी कोरोनाले देशमा दैनिम मानिसको मृत्यु र हजारैको संख्यामा कोरोना संक्रमित भएको समयमा मानवको स्वास्थ्मा रक्षा गर्ने बेला चेनाव घोषणा गरेको र संविधानलाई केपी र विद्याको निजी सम्मपति सरह गरेको हुदा यसको बिरुद्घमा राके जुलुश सहीत राष्टपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएको बताएका छन् ।

प्रदर्शनमा केपी ओली मुर्दावाद , विद्यादेवी मुर्दावाद, ससंबैधानिक कदम फीता गर,जस्ता नारा लगाएका थिए भने सरकार बिरुद्घ जोरदार नाराबाजी भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment