ट्रकको ठक्करबाट इलाममा एकको मृत्यु


इलाम: इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित आले चोकमा ट्रक ठक्करबाट एक वृद्धाको मृत्यू भएको छ ।मंगलबार विहान विर्तामोडबाट जितपुर गोलिया लिन गइरहेको ना २ ख ९२०५ नम्बरको ट्रकले ८२ वर्षीय पदमबहादुर तामाङलाई ठक्कर दिएको थियो । आले चोक निवासी तामाङको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।ट्रक चालक पाँचथर हिलिहाङ्ग गाउँपालिका वडा नं। ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment