
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार १६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१७ हजार १४७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार २८५ र ३ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ८५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९८ संक्रमित निको भए, ६८ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८९८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार १६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ७४ हजार ५७१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
0 comments:
Post a Comment