विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन


काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार नेता थापाको निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यावस्था गम्भीर बनेपछि थप उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल रेफर गरिएको थियो ।

तर, इक्मो विधिबाट नेता थापाको उचार गर्नुपर्ने भएकाले उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । नेता थापा सोमबार (हिजो) मात्रै कोरोना संक्रमणमुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment