निजी क्षेत्रद्वारा विराटनगरमा फुड बैंक सञ्चालन


विराटनगर । विराटनगर महानगरपालिकाले अदालतको आदेश विपरित कोरोना प्रभावित परिवारलाई राहत उपलब्ध नगराइरहेको बेला निजी क्षेत्रले विराटनगरमा फुड बैंक संचालन गरेर राहत उपलब्ध गराउन थालेको छ ।

उच्च अदालत विराटनगरले कोरोना महामारीका कारण प्रभावित परिवारलाई २४ घण्टाभित्र राहत उपलब्ध गराउन विराटनगर महानगरपालिका र प्रदेश सरकारलाई आदेश दिएको तीन दिन बितिसकेको छ ।

कोरोना महामारीका कारण हातमुख जोर्न नसक्नेहरुका लागि शिखर अर्गनाईजेशनले विराटनगर महानगरपालिका वडा नंं. ५ बरगाछीमा आइतबारदेखि फुड बैंक संचालन थालेको हो ।

सो फुड बैंकबाट दैनिक २ सय जनालाई २ किलो चामल, आधा किलो दाल, एक किलो नुन र १ सय ग्राम सोयाबिन वितरण गर्ने गरिएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म ७ दिनका लागि सञ्चालन गरिएको सो फुड बैंकमा अन्य दाताले सहयोग गरे निरन्तरता दिइने शिखर अर्गनाइजेशनका राम लिम्बुले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment