संक्रमित सदस्यको घरघरमा पुगेर पौष्टीक आहार वाँढ्दै साहारा नेपाल इलाम शाखा


इलाम, २३ जेठः विश्वभर  कोभिड १९ बाट आक्रान्त बनेको  बेला नेपालमा पनि दिन प्रती दिन संक्रमित बढिरहेको  छ । यस्तै इलाममा पनि संक्रमितको संख्या ह्वात्ते वढेर गएको छ । इलाममा शाखा कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि अहिलेको अवस्थामा कोरोना संक्रमितको साहारा बनेको छ।

आफ्ना सेयर सदस्यहरु संक्रमित भएका घरघरमा पौष्टिक आहार मह ,काजु ,किस्मिस ,फलफूल र औसधि लगायत प्रदान गरेर बिरामीको मनोबल बढाउने काम गरिरहेको छ । इलाम शाखाले पनि आफ्ना संक्रमित सदस्यहरुको घर सम्म पुगेर पौष्टीक  आहार दिएको छ । इलनमामा रहेका ४ सदस्यको घर सम्मै गएर पौष्टीक आहार दिनुको साथै संक्रमित सदस्यहरुको मनोवल उच्च बनाउन केही सहयोग गरेको इलाम शाखाका शाखा प्रमुख के पि लुइटेलले माइपोखरी न्युजलाई वताए । 

 यसरी आफु बिरामी हुँदा घरमा संस्थाका कर्मचारीहरु आइदिएकोमा मन खुसि भएको बिरामीहरुले बताएका छन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment