काेपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश


काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।

यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।

अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग बराबरी खेल्दा दोस्रो खेलमा उरुग्वेलाई पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता