
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको छ । यसअघि जसपाका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले आफूसँग राखेका अन्य मन्त्रालयमा मन्त्री थप्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले रामबहादुर थापा ‘बादल’ पत्नी नैनकला, खगराज अधिकारी, नारदमुनी राना, गणेश पहाडीलगायतलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुको आजै अपरान्ह ४ बजे शपथग्रहणको तयारी गरिएको छ ।
नयाँ बन्ने मन्त्रीहरुमा गृहमन्त्री–खगराज अधिकारी, वन राज्यमन्त्री–आशा विक, वन तथा वातावरण मन्त्री–नारदमुनि राना, सामान्य प्रशासन मन्त्री–गणेश पहाडी, कृषि मन्त्री–ज्वालाकुमारी साह, उद्योग मन्त्री–राजकिशोर यादव र सञ्चार तथा सूचना प्रविधि मन्त्री–नैनकला थापा रहेकी छन् ।
0 comments:
Post a Comment