
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका हेलम्बु–१ स्थित नाकोटे मंगलबार राति पहिरो गएको छ । पहिरोले मेलम्चीको खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् ।
बेलुकी साढे ६ बजे ठूलो पहिरो गएको बताइएको छ । आज नै मेलम्ची आयोजनाको सुरुङको पानी खोलामा छोडिएकोले उर्लेर आएको पहिरोले के कति धन जनको क्षति भयो विस्तृत जानकारी आइसकेको छैन ।
साथै, पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे÷नपुगेको पनि एकिन हुन सकेको छैन ।
राति पहिरो आएकोले प्रहरीलाई खबर गर्न पनि नसकिएको बताइएको छ । पहिरोका कारण स्थानीयहरु कता कता भागे भनेर यकिन गर्न पनि गाह्रा भइरहेको छ ।
0 comments:
Post a Comment