
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनाको परीक्षण गर्दा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ हजार २ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३७० जना र ५ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १०२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको मुल संख्या ६ लाख ६ हजार १५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोनामुक्त भए, ९२ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १७ हजार ९०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ३० हजार ९१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ९२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।
0 comments:
Post a Comment