इलाममा थप १४ जनामा कोरोना संक्रमण, थप एकको मृत्यु


इलाम, २२ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १४ जनामा कोरोण संक्रमण पुष्टी भएको छ ।  

आज संक्रमित हुनेमा इलाम नगरपालिकाका ३ जना पुरुष ४ जना महिला, सूर्योदय नगरपालिकामा १ महिला १  पुरुष, रोङ गाउँपालिकामा १ पुरुष,   र   देउमाई नगरपालिकामा १ महिला ३ पुरुष रहेका छन् । 

इलाममा थप १ जनाको मृत्यु

इलाममा आज थप १ जनाको  मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिकाका एक जना  पुरुष  रहेका छन् । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ  । हालसम्म मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ७ जना, इलाम नगरपालिकाका १० जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ९ जना, माई नगरपालिका १ जना, माङसेवुङ गाउँपालिकाका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा अहिले सम्म १२९३  जना संक्रमित भएका छन् ।  हाल सम्म इलाममा  कोराना संक्रमण मुक्तहुनेको संख्या ५२२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment