इलामको माङसेबुङमा वेवारीसे शव फेला


इलाम, २४ जेठः इलामको माङसेबुङमा वेवारीसे शव फेला परेको छ ।  माङसेबुङ गाँउपालिका ४ मार्चेबुङ सिङफेदीमा बिगत केहि समय देखि गाँउघरमा मागी खाएर हिड्ने हेर्दा सुष्त मनस्थिति, स्वास्थ्य अवस्था कमजोर जस्तो देखिने, तत्काल नामथर वतन नखुलेको, तराई मुलकको जस्तो देखिने, रातो सुईटर, सेतो रातो बुट्टा भएको सुतीको साडी, दाहिने हातमा हरियो रवरको डोरा र तामाको जस्तो देखिने ५ वटा चुरा लगाएकी, अर्ध कपाल फुलेको, अन्दाजी उचाई ५.२” , कालो वर्ण, पातलो शरिर भएकी, अन्दाजी बर्ष ६५र७० की महिलाको लाश फेला परेको हो ।

 शवको कानुनी प्रकृया पुरा गरी हाल दमक अस्पताल झापाको सव गृहमा राखिएको हुदा निज मृत महिलाको आफन्त तथा निज महिलालाई चिन्नु हुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय इलामको फोन नं. १०० वा ९८५२६९००३० र ९८५२६८०७१० तथा ईलाका प्रहरी कार्यालय  मंगलबारेको फोन नं. ०२७ २०००३४ वा ९८५२६९००२४ सम्पर्क गर्न हुन  जिल्ला प्रहरी कार्यालय इलामले अनुरोध गरेको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment