पाँचथर अस्पतालमा कोरोना संक्रमित एक महिलाको निधन



फिदिम । पाँचथर अस्पतालमा कोरोना संक्रमित एक महिलाको शुक्रबार दिउँसो निधन भएको छ ।

तेह्रथुमको आठराई स्थायी घर भई फिदिमको नमुना लाइनमा बसोवास गर्दै आएकी ६५ बर्षीया महिलाको निधन भएको कोभिड १९ डिस्टिक फोकल पर्सन तेजबहादुर तुम्बापोले जानकारी दिए ।

गत २५ गते एन्टिजेन परीक्षण गराउँदा ती महिलामा कोरोना संक्रमण देखिएको थियो । होम आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा सुधार नभएपछि शुक्रबार अस्पताल लगिएको थियो । अस्पताल पु¥याए लगतै उनको निधन भएको बताईएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment