इलामको देउमाईमा श्रीमती हत्या गर्ने ताक बहादुर पक्राउ


इलाम, २८ जेठः इलामको देउमाई नगरपालिकामा ४ मा श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आज (शुक्रबार) विहान ८ बजेर ३० मिनेटमा  भोजपुरको साबिक ओख्रे ४ घर भई बिगत १ बर्ष देखि  जिल्ला इलाम देउमाई नगरपालिका ४ चित्रे बस्ने तुलसिराम आचार्यको घरमा डेरा गरी बस्दै आईरहेको ४५ वर्षका ताक बहादुर तामाङले आफ्नै श्रीमती ४६ वर्षकी सुर्जामाया तामाङलाई घरायसी विवादको कारण धारिलो हतियार (दाउ) प्रयोग गरी घाँटीमा काटी हत्या गरेको स्थानीयले जानकारी दिए पछि प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटिएको टोलीले  निज ताक बहादुर तामाङलाई पक्राउ गरी निजले हत्यामा प्रयोग गरेको धरिलो हतियार सहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment