नुहाउदै गरेकी कोरोना संक्रमित किशोरीलाई बलात्कारको प्रयास गर्ने इन्जिनियर पक्राउ


रोल्पा । रोल्पामा धारामा नुहाउदै गरेकी कोरोना संक्रमित किशोरीमाथि बलात्कार प्रयास गर्ने इन्जिनियर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लाको रुन्टीगढी गाउँपालिकाको घटना हो ।

दाङको लमही घर भएका शेषमणी पौडेलले रुन्टीगढी गाउँपालिकाकी स्थानीय किशोरी माथि बलात्कार प्रयास गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पौडेल रुनटिगढी गाउँपालिकामा कार्यरत इन्जिनियर हुन् ।

उनले किशोरी घर नजिकैको धारामा नुहाउन गएको बेला वोतल भर्ने बहाना गरेर बलात्कारको प्रयास गरेको प्रहरीले बताएको छ।

“किशोरी माथि नुहाउन गएको मौका छोपी करणी प्रयास भएको उजुरी परेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘अनुशन्धानका लागि हामीले इन्जिनियर पौडेललाई नियन्त्रणमा लिएका छौँ।’

जबरजस्ती करणी असफल भएपछि इन्जिनियर पौडेल भागेर गाउँपालिका कार्यलय पुगेका थिए । उता किशोरी भने घरमा गएर रोइ कराई गरेपछि घटनाबारे थाहा भएको पीडित परिवारको भनाइ छ ।

जेष्ठ १२ गतेको परिक्षणमा किशोरीमा कोभिड संक्रमण पुष्टि भएको समेत परिवारले जनाएको छ। पिडक इन्जिनियर अहिले ईप्रका होलेरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ।

उजुरीमा किशोरी नुहाउन गएपछि वोतल बोकेर इ. पौडेल पनि पानी भर्ने निहु गर्दै धारा आएर नुहाउदै गर्दा जबरजस्ती करणी प्रयास गरेको उल्लेख गरेको बताइएको छ ।

विगतमा पनि पौडेलले किशोरीको पिछा गर्ने गरेको साथै फेसबुक आइडिसमेत माग्ने गरेको पीडिले आरोप लगाएकी छन् । नदिए जे पनि गर्ने भन्दै धक्कि दिने गरेको पीडित पक्षको भनाइ छ ।

सार्वजनिक पद धारण गरेको ब्यक्तिले नै किशोरीमाथि बलात्कारको प्रयास गर्नु जघन्य अपराध भएको डिएसपी सुवेदीको भनाई रहेको छ।अहिले इन्जिनियर पौडेलमाथि जबर्जस्ति करणी उद्योगमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिनुभएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment