कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बाेलाएकाे छ । आज दिउँसो २ बजेका लागि बाेलाइएकाे बैठकमा आगामी १४ औँ महाधिवेशनकाे तयारी, क्रियाशील सदस्यताकाे विवाद लगायत विषयमा छलफल हुने जनाइएकाे छ ।

बैकठ पार्टी केन्द्रीय कार्यलय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीका बहालवाला पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी हुने जनाइएकाे छ ।

महाधिवेशनकाे तयारीमा जुटेकाे कांग्रेसभित्र थुप्रै विवाद व्याप्त छन् । एकातिर पार्टी सभापतिका आकांक्षीहरू धेरै देखिएकाले उनीहरूलाइ कसरी व्यवस्थित गर्ने, कसरी सहमति जुटाउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएकाे छ । साथै  क्रियाशील सदस्यताबारे देखिएकाे विवादमा पनि छलफल हुने वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षधर एक नेताले बताए । कांग्रेसमा संस्थापनइतर पक्षका नेताहरूले  क्रियाशील सदस्यता नवीकरणमा अपारदर्शिता एवं अनियमितता भएकाे आराेप लगाउँदै आएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment