इलाममा थप ५२ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, २६ जेठः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ५२ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ५२ जना थपिए संगै संक्रमितको संख्या १४ सय ५ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका ७ महिला ५ पुरुष, सूर्योदय नगरपालिकामा ७ महिला ९ पुरुष, माङसेवुङ गाउँपालिकामा १ महिला, माइजोगमाई गाउँपालिकामा १ महिला ८ पुरुष, रोङ गाउँपालिकामा २ महिला ५ पुरुष, माई नगरपालिकामा १ पुरुष, देउमाई नगरपालिकामा १ महिला २ पुरुष र फाकफोकथुम गाउँपालिकामा २ महिला १ पुरुष थपिएका छन् ।

इलाममा थप एक को मृत्यु 

इलामा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माङसेवुङ ५ की ५६ वर्षिय महिला रहेकी छन् । इलाममा हाल सम्म ३१ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ५५५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment