प्रदेश १ : पछिल्लो एक सातामा ११४ कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या १३५० पुग्यो

विराटनगर । प्रदेश १ मा एक सातामा ११४ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा १३ सय ५० जना संक्रमितको मृत्यु भएको छ, भने ७४ हजार ९ सय २ जना संक्रमित भएका छन् ।

त्यसमध्ये ६७ हजार ९ सय ९५ जना निको भएका छन् भने ५ हजार ५ सय ५७ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ६ सय १८ जनाको उपचार केन्द्रमा उपचार भइरहेको छ । यस प्रदेशमा ५ हजार ३१ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो समय धेरै संक्रमितहरु होम आइसोलेसनमा बस्न रुचाउने र धेरै समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले बचाउन समस्या भएको कोशी कोभिड १९ उपचरा केन्द्रका इन्चार्ज एवंम् वरिष्ठ फिजिसिय डा. दिपक सिक्देलले बताए । उनले होम आइसोलेसनमा अनुगमन र हेरचहको कमिले पनि संक्रमितहरुको मृत्युदर बढेको बताए ।

प्रदेश १ मा असार १८ गते १४ जना, १९ गते ११ जना, २० गते १४ जना, २१ गते १२ जना, २२ गते १६ जना, २३ गते १२ जना, २४ गते १८ जना र २५ गते १७ जना संक्रमितको मृत्यु भएको तथ्याङक रहेको छ । संक्रमितहरुको निको हुने दर बृद्धि भएपनि मृत्यु हुने दरमा भने कमी आउन सकेको छैन ।

प्रदेश १ का १३ जिल्लाका अस्पताल र उपचार केन्द्र गरेर ३१ वटा केन्द्रमा संक्रमितको उपचार हुने गरेको छ । सक्रमितको संख्या बढ्न थालेपछि विभिन्न पालिकाहरुमा पनि उपचारको व्यवस्था मिलाइएको छ । तर, पछिल्लो समय सबै अस्पतालमा संक्रमितको संख्या भने घटेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment