आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ? यी क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुपर्ने


काठमाडाैँ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । राति पनि यही मौसमी प्रणाली जारी रहनेछ ।

भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी/थोरै भारी वर्षाको सम्भावना रहेको छ ।

असार १९ गते शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment