बाढीले धुसरी पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, बस्तीमा पनि बाढी


चितवन । पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। उक्त खोला राजमार्ग हुँदै बस्ती तर्फ पसेको स्थानीयले जानकारी दिएका छन् । उक्त क्षेत्रका स्थानीय अहिले त्रसित अवस्थामा छन् ।

यता बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन् । यो खोला चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ । यो खोलोले रत्ननगर- ८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन् । त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ ।

अहिले पुर्बी चितवनका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलाको बाढी बस्तीतर्फ पस्न थालेपछि उनीहरुको उद्धारको काम समेत भईरहेको टाँडीका स्थानीय देवेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

तस्वीर :मुरली प्रसाद गजुरेलको फेसबुकबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment