वडाअध्यक्ष ब्राउनसुगरसहित समातिए


काठमाडौं । पर्सामा एक वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले गएराति करिब साढे १० बजे रातिको समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं. १९ बर्वा स्थितबाट तिनैजनालाई पक्राउ गरेको हो । रातिको समयमा एकैसाथ आएका ना.१ ब ३५९५ नम्बरको सरकारी नम्बर प्लेटको पल्सर र ना.६२ प १९४२ नम्बरको सिबिजेड मोटरसाइकल रोकी चेकजाँच गर्दा सरकारी नम्बरको ना.१ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको थियो ।

पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए ।

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो । ना६२प १९४२ नम्बरको मोटरसाइकलमा वडा सदस्य बलिष्टर सवार थिए ।

प्रहरीले उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment