इलामको चुलाचुलीमा भेटीएकी वेवारीसे महिलाको दमक अस्पतालमा मृत्यु


इलाम, ४ साउनः इलामको  चुलाचुली गाउँपालिका ५  चपेटी स्थित दुधे खोलाको बगरमा  आइतबार अचेत अवस्थामा फेला परेकी महिलाको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार महिला अचेत अवस्थामा सुतिरहेको जानकारी प्राप्त हुनसाथ प्रहरी चैकी पेल्टीमारीबाट प्रहरी नायव निरीक्षकको टोली र स्थानिय खटिगई उनको उपचारको लागि दमक अस्पताल झापामा  लगिएको थियो । 

उपचारकै क्रमा आज (सोमबार) विहान ३ बजे उनको  मृत्यू भएको र महिलाको शव हाल दमक अस्पतालको शवगृहमा रहेको छ । महिलाको पहिचान हुन नसकेकोले  चिन्नुहुने महानुभाव तथा उनको आफन्त कसैले चिन्नु भएमा जिल्ला प्रहरी कार्यालय इलामको फोन  ०२७५२०१०० तथा ९८५२६९००३० मा सम्पर्क समेत जिल्ला प्रहरी कार्यालय इलामाले अनुरोध गरेको छ ।

मृतक महिलाको हुलिय निम्न अनुसार रहेको समेत जानकारी गरेको छ । हेर्दा तराईबासी जस्ति देखिने,बर्ण कालो,मझौला शरीर, उचाई  अन्दाटी ५ फिट ,निलोमा रातो बुट्टा भएको हाफ सुरुवाल,सेतो कालो र रातो बुट्टा भएको चोलो , हातमा रातो मोटो चुरा लगाएकी, खाली खुट्टा भएकी,मागि खाई हिड्ने जस्तो देखिने, अन्दाजी ४५र५० बर्षकी बेवारिसे महिला ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment