असारे विकासका नाममा मनलाग्दी खर्च

 

काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ ।

चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प्रशासनिक र विकासतर्फ गरी २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यसरी भएको खर्चको सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । अनुगमन नहुँदा नै विकासका नाममा अनावश्यक खर्च हुने क्रम बढेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विगतका वर्षहरूमा जसरी नै यसवर्ष पनि पछिल्ला दिनमा सरकारी निकायको खर्च ह्वात्तै बढेको हो ।

जसअनुसार बुधबार एकै दिन २९ अर्बभन्दा बढी खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार बिहीबार भने सरकारी खर्च भुक्तानी सम्बन्धमा कुनै काम भएन । महालेखा नियन्त्रकको कार्यालयले बिहीबार हिसाब मिलानको काम मात्रै गरेको थियो । भुक्तानीका सबै प्रक्रिया बुधबार नै सम्पन्न गरिएको कार्यालयले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment