चिनियाँ खोप ल्याउने तयारी तर मुल्य किन लुकाउदै छ सरकार


काठमाणडाैँ, १९  असारः  नेकपा एमाले अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्।

शुक्रबार बालुटारमा भएको केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराए। तर त्यसको विस्तृत जानकारी उनले दिएनन्।

स्वास्थ्य सेवा विभागका अनुसारसरकारले खरीद गरेको कम्तिमा १० लाख मात्रा चीनको साइनोफार्म खोप नेपाल ल्याउने तयारी गरेको हो। त्यसका लागि खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने तयारी भएको छ।

चीनसँग गरेको प्रतिवद्धता अनुसार यो खोपको मूल्यबारे सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियाले लामो समय लिइसकेको छ। मन्त्रिपरिषद् बैठकले उक्त खोप किन्ने निर्णय यसअघि गरिसकेको छ।

भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो भन्दै उनले भने, ‵केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन्। नेपालआजबाट साभार गरिएको

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment