
काठमाडौं । पछिल्लो समय मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो ।
मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १३३ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ८३७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय २७ जना र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोनामुक्त भए, १९ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार १३३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ६४ हजार ६५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।
0 comments:
Post a Comment