स्वास्थ्य मन्त्रालयले भन्यो- ‘आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन सक्छन्’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण आगामी ५ महिनामा थपिने बताएको छ । पछिल्लो समय थप कोरोना संक्रमणको संख्या बढीरहेको बताउदै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख पुग्ने जनाएको हो ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो बताएको हो ।

मन्त्रालयका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको बताएको छ ।

संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment