कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने रामचन्द्र पौडेल पक्षको निष्कर्ष


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेको छ ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको सो पक्षका नेताहरुले क्रियाशील सदस्यता छानबिनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोरोना महामारीलाई देखाउदै सो अवधिलाई शून्य समय मानेर केहि समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए । उनले स्थगित भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताए ।

कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment