इलम नगरपालिकाका ५० सहित इलामा थप १०७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


इलाम, १० साउनः इलाममा आज थप १०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमण भएकामा सवै भन्दा धेरै इलाम नगरपालिकाका रहेका छन् । इलाम नगरपालिकामा मात्र आज ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा अस्पतालमा गरिएको परिक्षणमा आज मात्र ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित मध्ये ५० जना इलाम नगरपालिका र २ जना इलाम नगरपालिका वहिरकामा संक्रमण पुष्टी भएको हो । 

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका २१ महिला २९ पुरुष, देउमाइ नगरपालिकामा ६ महिला १५ पुरुष, रोङ गाउँपालिकामा ८ महिला १० पुरुष, सूर्योदय नगरपालिकामा ५ महिला ६ पुरुष, माइजोगमाई गाउँपालिकामा १ महिला ४ पुरुष र फाकफोकथुम गाउँपालिकामा १ महिला १ पुरुष रहेका छन् । 

थप एक जनाको मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ७  का ५९ वर्षकी महिला रहेकी छन् । 

इलामा आज थपिएका १०७ संक्रमित संग ३०३५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ६६ जनाको मृत्यु भएको छ । इलाममा अहिले ८४९ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment