
काठमाडौं । पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ५६९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोनामुक्त भए, १८ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख २८ हजार ८१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।
0 comments:
Post a Comment