कोरोना संक्रमण तिव्ररुपमा फैलिन थालेपछि इलाममा पुनः निशेधाज्ञा जारी


इलाम, १० साउनः इलाममा फेरी कोरोना संक्रमण तिव्ररुपमा फैलिन थाले पछि पुनः निशेधाज्ञा  अझ कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ती निकलेर निशेधाज्ञा पुन कडा बनाइएको जानकारी गराएको छ । 

इलाममा साउन १० गते देखि १५ गते सम्म अत्यावश्यका सेवा वहेक सम्पूर्ण सेव बन्द गरिएको छ । इलाम जिल्लाका प्रमुख बजारहरु सवै बन्द रहने पनि जनाइएको छ । तरकारी तथा खाध्यन्यका पसलहरु भने विहान ११ बजे सम्म सञ्चालनमा आउने छन् । इलामा सञ्चालन हुने सवारी सादन कुनैपनि इलाम सदरमुकाम प्रवेश गर्न पाउने छैनन । सवारी साधनहरु इलामबजार दक्षिण जिरो किलो मिटर र पूर्वमा धोविधारामा नै रोक लागइने छ । 

परिक्षर्थीहरु पनि जथाभावि घुम्न पाउने छैनन् । उनीहरुलाई आफुवसेको ठाउँबाट सिधै परिक्षाको हलमा र सिधै आफुवसेको स्थानमा जान अनुरोध गरिएको छ । 

इलाममा विगत केहि दिन देखि दिनानुदिन संक्रमणको ग्राफ वढी रहेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment