देशभरको मौसम बदली, कहाँ-कहाँ हुँदैछ आज भारी वर्षा ?

 

काठमाडाैँ । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यता, काठमाण्डौसहित देशका धेरै ठाउँमा बेला–बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ । तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद्ले बताएका छन् । मौसम विद्का अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो ।

हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो । मनसुन केही कमजोर हुँदा हिजो र अस्ति काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कम पानी परेको छ । केही ठाउँमा एकै पटक ठूलो पानी परे पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको मात्रै वर्षा भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment