पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु, दुईको उद्धार

नेपालगञ्ज । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् ।

उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको कोहलपुरका डिएसपी खनालले बताउनुभयो ।

मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उदेश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै कोहलपुर प्रहरीको टोलीले त्यहाँ पुगेर खोजी गर्दा तीन जना मृत अवस्थामा फेला पारेका थिए ।

प्रहरीले आवश्यक प्रक्रिया पु।याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको पनि ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment