इलाममा थप ९३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


इलाम, ११ साउनः इलाममा आज थप ९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा आज थपिएका ९३ सगै संक्रमितको संख्या ३२१८ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका १३ महिला १३ पुरुष,  सूर्योदय नगरपालिकामा ९ महिला ९ पुरुष,माई नगरपालिकामा ६ महिला ६ पुरुष, माईजोगमाइ गाउँपालिकामा ४ महिला ६ पुरुष,  देउमाई नगरपालिका २ महिला ८ पुरुष, फाकफोकथुमा १ महिला ८ पुरुष, रोङ गाउँपालिकामा १ महिला ६ पुरुष र सन्दकपुर गाउँपालिकामा १ पुरुष रहेका छन् । 

थप एक जनाको मृत्यु 

इलाममा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई गाउँपालिका वडा नं. ६ कि ५७ वर्षिय महिला रहेकाछन् । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ६८ जनाको मृत्यु भएको छ । इलाममा अहिले ९४४ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment