भेटिएनन् भारतीय एसएसबीले तुइन काट्दा महाकालीमा खसेर बेपत्ता भएका जयसिंह धामी

धनगढी । दार्चुलामा भारतीय प्रहरी एसएसबीले तुइन काट्दा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी कार्य जारी रहेको छ । बैतडी, डडेल्धुरा र कञ्चनपुरका प्रहरी प्रशासन वेपत्ता धामीको खोजी कार्यमा निरन्तर लागि परेका छन् । तैपनि, धामी अझैँ भेटिएका छैनन् ।

गाउँका युवाहरू महाकालीको किनारैकिनार वेपत्ता धामी भेटिन्छन् कि भनेर खोजी गरिरहेका छन्। वर्षाका कारण नदीको पानीको झ्न बढ्दो छ । पानी परिरहे पनि युवाहरुले उनको खोजी जारी राखेका छन् ।

यता, घरमा धामीकी श्रीमती अचेत छिन्। सासूआमा पनि उहीँ अवस्थामा छन् । दुवै आँखाबाट आँसुको धारा बगिरहेको छ । पाँच वर्षीय छोरा र डेढ वर्षकी दुधे छोरी उनीहरुको वरिपरि बस्छन् । अहिले व्याँस गाउँपालिका–२ यस घटनाले शोकमग्न छ।

गाउँलेहरु आएर धामीको परिवारलाई सम्झाई बुझाई गरिनै रहेका छन् । बेपता धामी
दुई दिनसम्म नभेटिएकाले त्यहाँको प्रचलनअनुसार उनको शवको मूर्ति बनाएरै भए पनि दाहसंस्कार गर्नुपर्ने हुन्छ ।

र, अब पनि शव नभेटिएका गाउँलेहरु त्यहीँअनुसार अघि बढ्ने तयारीमा छन् भने यता प्रहरी प्रशासन भने धामीको शवको खोजी कार्य गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment