घरमा आगलागी हुँदा दुईको मृत्यु



लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ सेग्लेस्थित एक घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ ।

गएराति आगलागी हुँदा ५२ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीया पशुपति भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।

स्थानीयका अनुसार ढुंगामाटाको गाह्रो र जस्ताको छानो भएको एकतले घरमा आगलागी भएको हो । ग्याँस सिलिण्डर लिक भएर वा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घरमा भएका केही लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको छ । शवलाई पोष्मार्टमका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment