हराएका ४ जना बालिकाहरुको भारतबाट उद्दार गरी अभिभावकको जिम्मा लगाइयो


वीगरञ्ज (पर्सा) । बारा प्रहरीले हराएका ४ जना बालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ ।

बारास्थित देवताल गाउँपालिका–१ बडकीफुलवरिया टोल निवासी नरेश साह गोठका ४ जना छोरीहरू १२ वर्षीया काजल कुमारी, १० वर्षीया आचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारीको भारतबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रवक्ता एवं डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनीहरु साउन २७ गतेदेखि आफ्नै घरबाट हराएको भन्दै बुबा नरेश साह गोठले साउन २९ गते निवेदन दिएका थिए । सो निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतको श्रीसियामा देखिएको सूचनाको आधारमा भारतीय प्रहरीसँग समन्वय गरी बालिकाहरुको सकुशल उद्दार गरी नेपाल ल्याइएको डीएसपी मिश्रले बताए ।

प्रहरीले जानकारी पाएको २४ घण्टाभित्र फेला पारी सकुशल उद्दार गरी बुवा नरेश साहको जिम्मा लगाइएको छ । उक्त बालिकाहरु कसरी श्रीसिया पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment