इलाममा कोरोना संक्रमणको कारण एकै दिन ४ जनाको मृत्यु, थप ७३ जनामा संक्रमण


इलाम, ३१ साउनः दोस्रो लहरको कोरोना संक्रमणको कारण इलाममा मृत्यु दर वढेर गएको छ । कोरोना संक्रमणको कारण आज एकै दिन इलाममा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिकाका २ जना, इलाम नगरपालिकाका १ जना र देउमाई नगरपालिकाका १ जना रहेका छन् । 

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ९५ जनाको मृत्यु भई सकेको छ ।

इलाममा आज ७३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा सूर्योदय नगरपालिकामा १५ महिला र १८ पुरुष,  इलाम नगरपालिकामा १८ महिला र १३ पुरुष, फाकफोकथुम गाउँपालिकमा २ महिला र २ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला र १ पुरुष र रोङ गाउँपालिकामा १ महिला रहेका छन् । अहिले सम्म इलामा ४३५० जना कोरोना संक्रमित भई सकेका छन् । इलाममा अहिले ८२६ सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment