विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि



१४ भाद्र एजेन्सी । विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका एएफपीलाई प्राप्त स्रोतहरूबाट पुष्टि भएको छ ।

विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्क अनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।

गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो ।

विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।

यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ । गत वर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो । गत बर्षको तुलनामा जनवरी देखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी भएको बताइएको छ ।

विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट निकै हदसम्म रोक्ने अनुमानबीच भाइरसका नयाँ नयाँ रूपले गर्दा यसो हुन सकेको छैन । धनी र गरिब राष्ट्रहरूबीच खोपको उपलब्धतामा ठूलो असमानता रहेको गुनासाहरू पनि आएका छन् ।

अहिलेसम्म खोप लगाएको स्थितिलाई विश्लेषण गर्दा अफ्रिकामा प्रति १०० जना, युरोपमा ९९ र संयुक्त राज्य अमेरिकामा १११ जनामा सात जनाले कोभिड–१९ विरुद्धको एउटा खोप लिएका छन् ।

डेल्टाको विविधता विरुद्ध यी खोपहरू कम प्रभावकारी हुने भनाइहरू आएपनि विश्वभर खोप अभियानलाई महत्वका साथ अघि बढाइएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत हप्ता प्रकाशित गरेको एक अध्ययन अनुसार, संक्रमण विरुद्ध फाइजर÷बायोएनटेक र मोडर्ना खोपको प्रभावकारितासँगै संयुक्त राज्य अमेरिकामा सङ्क्रमण दर ९१ देखि ६६ प्रतिशतमा झरेको छ । तथापि कोभिडबाट हुने गम्भीर प्रकारका क्षतिहरू रोक्न यी खोपहरू प्रभावकारी मानिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment