राष्ट्रपति घानीले ४ वटा कार र हेलिकप्टरमा पैसा लिएर भागेको खुलासा



एजेन्सी । अफगानिस्तानको राष्ट्रिपति अशरफ घानीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगेको काबुलस्थित रुसको राजदूतावासले दावी गरेको छ ।

आइतबार वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति घानीले देश छाडेर भागेका थिए । त्यसपछि तालिबानले राष्ट्रपति कार्यालयमा कब्जा गरेको थियो ।

रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’ पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् ।

यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी छ । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।

आफ्ना निकटस्थहरू भागेका ​राष्ट्रिपति घानी र उपराष्ट्रपति सालेह कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment