बार्सिलोनाबाट बिदा भएका मेसी २ वर्षका लागि पीएसजीमा अनुबन्धित

काठमाडौं । अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पीएसजीमा आबद्ध भएका छन् । भर्खरै मात्र बार्सिलोनाबाट बिदा भएका लियोनेल मेसीले पीएसजीको प्रस्तावमा सहमति जनाउँदै २ वर्षका लागि सम्झौता गर्न लागेका हुन् ।

उनी ३५ मिलियन यूरोमा पीएसजी भित्रिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अब पीएसजीले चाँडैनै मेसीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

केही दिन अगाडि मात्रै बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले क्लब छाडेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment